समानुपातिक मतपत्रमा ४८ दलको चिन्ह : पहिलो नम्बरमा एमालेको सूर्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    समानुपातिक मतपत्रमा ४८ दलको चिन्ह : पहिलो नम्बरमा एमालेको सूर्य

    खबरपुञ्ज संवाददाता

    २९ आश्विन २०७९, आईतवार

    काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचन प्रणालीका लागि नमुना मतपत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि बन्दसूची पेश गरेका ४८ दलको निर्वाचन चिन्ह समेटिएको मतपत्र आयोगले सार्वजनिक गरेको हो ।

    २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा बढी मत प्राप्त गरेको आधारमा मतपत्रमा निर्वाचन चिन्ह राखिएको आयोगको प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्माले जानकारी दिए । उनका अनुसार पहिलो नम्बरमा नेकपा (एमाले)को सूर्य चिन्ह मतपत्रको पहिलो नम्बरमा रहेको छ भने अन्तिममा आगामी निर्वाचनमा समानुपातिक निर्वाचन प्रणलीमा सहभागि हुनका लागि बन्दसूची पेश गरेको रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन चिन्ह घण्टी रहेको छ ।