दमाैली । व्यास नगरपालिकाले कर्मचारीको स्तरवृद्धि प्रक्रिया अगाडी बढाउने भएको छ । स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७९ अनुसार स्थानीय तहमा कार्यरत कर्मचारीको स्तरवृद्धि प्रक्रियालाई अगाडी बढाउने निर्णय गरेको हो ।
गण्डकी प्रदेश सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीको बढुवाका लागि अध्यादेश ल्याएको छ । सोही अध्यादेश बमोजिम नगरपालिकाले स्तरवृद्धि प्रक्रिया अगाडी बढाएपनि आचारसंहिता लागेकाले निर्वाचन कार्यालयले स्पष्टीकरण सोधेको थियो । सोही बमोजिम नगरपालिकाले निर्वाचन आयोगबाट अनुमति प्राप्त भएपछि वा निर्वाचन सम्पन्न भएपछि मात्र अघि बढाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।
नगरपालिकाले सुरक्षित आवास कार्यक्रम अन्तर्गत दुई सय धरधुरीलाई थप रकम प्राप्त भएकाले तत्काल विवरण संकलन गरि मुल्याङकन प्रकृया अघि बढाउन सम्बन्धित वडालाई निर्देशन दिएको छ ।
नगरपालिकाभित्र जग्गाहरुको भू उपयोग नियमावलि, २०७९ अनुसार वडागत रुपमा जग्गा वर्गिकरण प्रकृया स्थानीयहरुको सहभागितामा अन्तिम रुप दिने निर्णय नगरपालिकाले गरेको छ ।