नवौ राष्ट्रिय खेलकुद : आर्मी ८६ पदकसहित शीर्षस्थानमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नवौ राष्ट्रिय खेलकुद : आर्मी ८६ पदकसहित शीर्षस्थानमा

    खबरपुञ्ज संवाददाता

    ३० आश्विन २०७९, सोमबार

    पोखरा । पछिल्लो दुई संस्करणको च्याम्पियन विभागीय त्रिभुवन आर्मी क्लबले गण्डकीको प्रदेशको पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तरगत तेस्रो दिनसम्ममा ८६ पदक जित्दै शीर्षस्थानमा रहेको छ ।

    तेस्रो दिन सकिदासम्म विभिन्न खेलको नतिजा आउने क्रम जारी रहँदा आर्मीले ३८ स्वर्ण, २७ रजत र २१ कास्यपदक जित्दै कुल ८६ पदकसहित शीर्षस्थानमा कब्जा जमाएको छ । 

    अर्काे विभागीय टोली नेपाल एपिएफ क्लब १२ स्वर्ण १६ रजत र २२ कास्य गरी कूल ५० पदकसहित दोस्रो स्थानमा रहेको छ । अर्काे विभागीय टोली नेपाल पुलिस क्बल ११ स्वर्ण, ७ रजत र १७ कास्य गरी कूल ३५ पदकसहित तेस्रो स्थानमा रहेको छ । 

    चौथो स्थानमा रहेको बागमती प्रदेशले १० स्वर्ण, १६ रजत र १० कास्यसहित ३६ पदक जितेको छ । घरेलु टोली गण्डकी प्रदेशले ८ स्वर्ण, ५ रजत र १५ कास्य गरी कूल २८ पदकसहित पाँचौ स्थानमा रहेको छ । 

    गैर आवासिय नेपाली संघ (एनआरएनए) ४ स्वर्ण, ३ रजत र ४ कास्यसहित कूल ११ पदक जितेर छैटौं स्थानमा रहेको छ । मधेश प्रदशेले २ स्वर्ण, २ रजत र ४ कास्यसहित कुल ८ पदक जितेर सातौं स्थानमा रहेको छ ।

    आठौं स्थानमा रहेको प्रदेश १ ले १ स्वर्ण, ४ रजत र १३ कास्य गरी १८ पदक जितेको छ । सुदूरपश्चिम प्रदेशले समान १ स्वर्ण र १ रजत र ८ कास्य गरी कूल १० पदक जितेर नवौं स्थानमा छ । 

    लुम्बिनी प्रदेश र कर्णाली प्रदेशले स्वर्ण पदक जित्न सकेका छैनन् । लुम्बिनी प्रदेशले ६ रजत र ४ कास्य गरी कूल १० पदक जित्दा कर्णाली प्रदेश १ कास्य मात्रै जितेर पुछारमा छ ।