पुलजीपबाट लागुऔषध सहित पक्राउ परे सन्देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पुलजीपबाट लागुऔषध सहित पक्राउ परे सन्देश

    खबरपुञ्ज संवाददाता

    ३० आश्विन २०७९, सोमबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट लागुऔषध सहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको वेशीशहर नगरपालिका–२ बस्ने २५ वर्षीय सन्देश धिताल रहेको प्रहरीले जनाएको छ ।

    वीरगञ्जबाट आउँदै गरेको ना ६ ख ९०९७ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उनी लागुऔषध सहित पक्राउ परेका छन् । प्रहरीले निजको साथबाट टोर्निथाईजिन ४४ एम्पुल, नोर्फीन ४४ एम्पुल, डाईजोपाम ४४ एम्पुल गरी जम्मा १३२ एम्पुल लागु औषध बरामद गरेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

    उनी विरुद्ध सोमबार तनहुँ अदालतबाट छ दिनको म्याद थप गरिएको छ ।