दुलेगौडा । नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् तनहुँ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य उम्मेदवार किरण गुरुङले एमाले नेतृत्वले केन्द्र र प्रदेश सरकारले गरेका विकास निर्माण कार्यनै निर्वाचन जित्ने पर्याप्त आधार भएको बताएका छन् ।
मंगलबार बेलचौतारामा सम्पन्न नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले एमाले र अहिलेको गठबन्धनको नेतृत्वको तुलना गरि जनताले मत दिने विश्वास व्यक्त गरे ।
‘केन्द्रिय स्तरका केन्द्रले र प्रदेश स्तरका थुप्रै योजना गण्डकी प्रदेशले म आफै मन्त्रि हुदा थुप्रै काम भए,’ उनले भने, ‘तर अहिले गठबन्धनको सरकार बनेपछि बदनामी मात्रै कमाएको छ । प्रदेश सरकारलाई हेर्ने दृष्टिकोण समेत त्यति राम्रो छैन ।’
पूर्व मन्त्री समेत रहेका गुरुङले समृद्ध र सुखी नेपाल नेपाल निर्माणकालागि एमाले परिपक्क पार्टी रहेको उल्लेख गरे । उनले शुक्लागण्डकी–९ घारीमा बन्न लागेको औधोगिक ग्रामको शुरुवात एमाले नेतृत्वको पालामा भएको सुनाउदै अहिले जग्गा प्राप्तीको चरणमा रहेको बताए ।
नेता गुरुङले निर्वाचन आचारसंहिता पालना गर्दै मतदाताकोबीचमा पुग्न तल्ला कमिटीलाई आग्रह गरे ।
नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष श्री प्रसाद श्रेष्ठ, प्रदेश कमिटी सदस्यहरु दुर्गा प्रसाद पराजुली, प्रदेश कमिटी सदस्य एवम् तनहुँ २ प्रदेश २ का उम्मेदवार श्यामराजा महत, कृष्ण कुमारी गुरुङ, हर्क गुरुङ, रुद्र प्रसाद पौडेल, कमल ढकाल, जिल्ला कमिटी सचिवालय सदस्य फूलमाया वाग्ले, नगर कमिटी उपाध्यक्ष इन्द्र गुरुङ, सचिव रघुनाथ पौडेल लगायतले बोलेका थिए ।