सिङ्गुसको टोकाइबाट एकको मृत्यु, तीन घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सिङ्गुसको टोकाइबाट एकको मृत्यु, तीन घाइते

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७९, बुधबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–१ तालघरेमा सिङ्गुसको टोकाइबाट बुधबार एकको मृत्यु भएको छ । सिङ्गुसको टोकाइबाट अन्य तीन जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा व्यास नगरपालिका–११ बस्ने ६७ वर्षीय गङ्गाप्रसाद सुवेदी रहेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए।

    बाटोमा हिँडिरहेका बेला एक्कासी सिङ्गुसले टोक्दा घाइते ती व्यक्तिको दमौली अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । सिङ्गुसको टोकाइबाट घाइते अन्य तीन जनाको अवस्था सामान्य रहेको उनले बताए ।

    “पैदल हिँडिरहेका बेला एकैचोटी धेरै सिङ्गुसले टोकेको रहेछ, घाइतेलाई दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका छन्,” प्रनाउ खड्काले भने ।