अबको प्रधानमन्त्री केपी ओली : केदार सिग्देल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    अबको प्रधानमन्त्री केपी ओली : केदार सिग्देल

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०७९, सोमबार

    दमौली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ क्षेत्र नं २ प्रदेश २ का उम्मेदवार केदार सिग्देलले अबको प्रधानमन्त्री केपी शर्मा ओली हुने बताएका छन् ।

    ओली सरकारको पालामा नै देशमा आर्थिक सुशासन र विकास निर्माणको प्रक्रिया अगाडी बढेको हुँदा नेकपा (एमाले)को सरकारले मात्र देशमा समृद्ध नेपाल सुखी नेपाली बनाउने उनले बताए।

    ‘नेकपा (एमाले) को सरकार हुँदा देशमा चुच्चे नक्सा जारी भयो, भारतीय हस्तक्षेपको विरुद्ध लड्ने काम भयो । एकैपटक देशका सबै पालिकामा १० शय्याको अस्पताल बनाउने कामको शुरुवात भयो । दीर्घकालिन महत्वको सडक निर्माणको कामको शुरुवात भए,’ उनले भने।

    ऋषिङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सिग्देलले सो कुरा बताएका हुन् । आफू संघीय सरकारको सांसद बन्दा तनहुँको क्षेत्र नं २ का विकास निर्माणमा उल्लेख्य भूमिका खेलेको हुँदा पुन एमालेको सरकार बनाउन आग्रह गरे