एमालेले बहुमत ल्याउँछ : अध्यक्ष ओली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमालेले बहुमत ल्याउँछ : अध्यक्ष ओली

    खबरपुञ्ज संवाददाता

    ११ कार्तिक २०७९, शुक्रबार

    झापा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले मङ्सिर ४ गतेको चुनावमा आफू नेतृत्वको पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन्।  

    एमाले र राप्रपाले भद्रपुरमा शुक्रवार आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आउँदाे चुनावमा एमालेले बहुमत प्राप्त गर्ने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) सँग संयुक्त सरकार गठन गर्ने जिकिर गर । 

    अध्यक्ष ओलीले झापा क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए । उनले एमालेको इज्जतका लागि भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनलाई जिताउनुपर्ने भएको हुँदा राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न कार्यकर्तालाई निर्देशन दिए । 

    कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले एमाले एक थोक भन्ने र अर्को थोक गर्ने पार्टी नभएको भन्दै सबै कार्यकर्तालाई निर्धक्क भएर हलोमा भोट हाल्न आग्रह गरे । राप्रपाका अध्यक्ष लिङ्देनले राप्रपालाई चुनावमा जिताउन आग्रह गरे ।