रुपन्देहीमा कारको ठक्करबाट ३५ दिने शिशुसहित तीन जनाको ज्यान गयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रुपन्देहीमा कारको ठक्करबाट ३५ दिने शिशुसहित तीन जनाको ज्यान गयो

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०७९, सोमबार

    रुपन्देही । रुपन्देहीमा कारको ठक्करबाट ३५ दिनको एक शिशुसहित तीन जनाको ज्यान गएको छ ।

    बिहान ५ बजेतिर छठ मनाउनका लागि छठीघाटतर्फ जाँदै गर्दा उनीहरुलाई कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवम् प्रवक्ता श्याम अर्यालले जानकारी दिए। उनका अनुसार ओमसतिया गाउँपालिका–४ पननीकी १४ वर्षीया सीमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् ।

    ठक्कर दिने कारको नम्बर खुलेको छैन । कारसहित चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।