काठमाडौ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले दोस्रो जित निकालेको छ । काठमाडौमा जारी प्रतियोगिता अन्तरगत बुधबार भएको खेलमा कर्णाली प्रदेशलाई पराजित गर्दै गण्डकीले दोस्रो जित दर्ता गरेको हो ।
गण्डकीले कर्णालीलाई ३२ रनले पराजित गरेको छ । टस हारेर व्याटिङ गरेको गण्डकीले ५० ओभर खेल्दै २०८ रनको लक्ष्य दिएको थियो । कर्णाली ४७ ओभरमा सबै विकेट गुमाएर १७६ मा रोकियो ।
उक्त खेलमा गण्डकीका अभिषेक बस्नेत म्यान अफ दि म्याच घोषित भए।
उक्त खेलमा गण्डकीका चन्द्रकान्त पौडेल र सुवास भण्डारीले तीन/तीन विकेट लिएका थिए । त्यस्तै विपीन खत्रीले दुई, कमल परियारले एक र अभिषेक बस्नेतले एक विकेट लिएका थिए ।