तनहुँ-२ (१) मा पूर्वमन्त्री गुरुङको पहलमा १३ पुल र कजवेका लागि करोडौ बजेट (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ-२ (१) मा पूर्वमन्त्री गुरुङको पहलमा १३ पुल र कजवेका लागि करोडौ बजेट (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १८ कार्तिक २०७९, शनिबार

    दुलेगौडा । नेकपा एमालेका स्थायी कमिटि सदस्य किरण गुरुङको पहलमा क्षेत्र नम्बर २ को प्रदेश १ क्षेत्रमा गत पाँच वर्षमा मोटरेवल पुल तथा कजवे निर्माणका लागि १३ वटा योजना छनौट भई १५ करोड भन्दा बढि रकम विनियोजन भएको छ ।

    गण्डकी प्रदेशका पुर्व अर्थमन्त्री रहेका गुरुङको सचिवालयले जानकारी दिए अनुसार तनहुँ क्षेत्र नम्बर २ को १ क्षेत्र भित्र पर्ने शुक्लागन्डकी
    नपा, म्याग्दे गाउँपालिका र व्यास नपाको वडा नम्बर ५ र ६ का विभिन्न १३ वटा मोटरे ल पुल र कजवे निर्माणको लागि उक्त रकम विनियोजन भएको हो ।

    ती योजना मध्ये कजवेहरु निर्माण सम्पन्न भईसकेको छ भने ठुला पुलहरु निर्माणको क्रममा रहेको छ । उनको पहलमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि, विज्ञान प्रविधि, खेलकुद तथा जनताको अन्य विकासका आवश्यकताहरु सम्बोधन भएको बताइएको छ ।

    गुरुङको पहलमा आर्थिक वर्ष ०७७÷०७८ मा सडक पुल तर्फ शुक्लागन्डकी नपाको ५ र ८ जोड्ने सेतीनदीमा मोटरेवल पुल निर्माणको लागि ३ करोड, शुक्ला ८ र भिमाद नपा ८ जोड्ने क्याङदी खोलामा मोटरेवल पुल निर्माणको लागि १ करोड रुपैयाँ बिनियोजन भएको छ ।

    यस्तै आर्थिक वर्ष ०७८÷०७९ मा गुरुङ अर्थमन्त्री हुँदा विनियोजन भएको बजेटबाट म्याग्दे ४ को तालचोक कजवेपुलको लागि १० लाख, म्याग्दे ७ र व्यास नपा ६ जोड्ने जोर्तेरह सडक पुल निर्माणको लागि डिपिआर गर्न १० लाख, म्याग्दे ५ र ७ जोड्ने जनजागृती मार्गको मिन मावि पछाडीको म्याग्दे खोलमा पुल निर्माणको लागि ४० लाख, शुक्लागन्डकी १० र ११ जोड्ने क्याङदी खोलाको ज्याङलादी दोभानमा मोटरेवल पुल निर्माणको लागि ४० लाख, म्याग्दे खोलाको बेलसोतीमार्गमा मोटरेवल पुल निर्माणको लागि ४० लाख, शुक्लागन्डकी नपाको ५ र ८ जोड्ने सेती नदीमा मोटरेवल पुल निर्माणको लागि ३ करोड ७५ लाख
    रुपैयाँको योजना कार्यान्वयन भईरहेको छ ।

    त्यस्तै गरि आर्थिक वर्ष ०७९÷०८० मा गुरुङ अर्थमन्त्री हुँदा विनियोजन भएको बजेटबाट शुक्लागन्डकी नपाको ५ र ८ जोड्ने सेती नदीमा मोटरेवल पुल निर्माणको लागि ४ करोड ९० लाख, शुक्लागन्डकी नपा १० र भिमाद नपा ८ जोड्ने क्याङदी खोलामा पुल निर्माणको लागि ५० लाख र शुक्लागन्डकी नपा २ को जुवादी खोला सानीगाउँ जाने पुल निर्माणको लागि १५ लाख बिनियोजन भई ती योजनाहरु सन्चालन भईरहेको छ ।