भिमाद । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
गुरुङले शनिबार शुक्लागण्डकी नगरपालिका-७ मा सम्पर्क कार्यालय उदघाटन गरेका छन् । त्यस्तै भिमाद नगरपालिका-७ सिस्नेरी, भिमाद-८ भागर, अरौदी र भिमाद-९ कटनछापमा चुनावी सभा सम्पन्न भएको छ ।
कोणसभामा पूर्वमन्त्री समेत रहेका गुरुङले तनहुँ-२ को विकासका लागि एमालेको विजय आवश्यक रहेको बताए। उनले एमाले नेतृत्वमा यो क्षेत्रले विकासमा कॉचुली फेरेको बताउँदै उनले विकासको जिम्मा आफूले लिने बताए।
तनहुँ २ प्रदेश २ का उम्मेदवार केदार सिग्देलले एमालेको नेतृत्वमा सुरु भएका योजना सम्पन्न गराउन आफू उम्मेदवार बनेको बताए ।