दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूहरुले राजनीति गरेको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका-१ मा शनिबार आयोजित कार्यक्रममा तनहुँ-१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलले विकास र सुशासनका लागि राजनीति गरेको बताएका हुन् ।
‘सुशासन, आर्थिक समृद्धि र विकासका लागि हामी क्रियाशील छौ,’ पौडेलले भने, ‘नेपाली कांग्रेस सदैव जनताको सेवक बन्नेछ ।’
पौडेलले शनिबार बन्दीपुर गाउँपालिकाका विभिन्न वडामा आयोजित कार्यक्रममा सहभागी भई आफूलाई मतदान गर्न आग्रह गरे ।