इस्काेन दमाैलीद्वारा हरिनाम संकिर्तन सहित धार्मिक ग्रन्थ वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    इस्काेन दमाैलीद्वारा हरिनाम संकिर्तन सहित धार्मिक ग्रन्थ वितरण

    खबरपुञ्ज संवाददाता

    १८ कार्तिक २०७९, शनिबार

    दमाैली । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) दमौली शाखाले धार्मिक ग्रन्थ वितरण गरेकाे छ । हरिबाेधनी एकादशीकाे अवसरमा इस्काेनले हरिनाम संकिर्तन गर्नुका साथै भगवत गीता लगायतका धार्मिक ग्रन्थ वितरण गरेकाे हाे ।

    चार वेद १८ पुराणका रचयिता वेदव्यास क्षेत्र दमाैलीलाई विश्वमाझ प्रचारप्रसार एवं आध्यात्मिक जागरणको ल्याउनका लागि कार्यक्रम गरिएको संस्थाका अध्यक्ष रबिलाल थापा (रसमन्डल दास) ले बताए ।

    संस्थाकाे कार्यालय व्यास-४ संगम टोलमा प्रत्येक शनिबार १२ बजेदेखि ४ बजेसम्म सत्सङ्ग हुँदै आएकाे छ । साे अवसरमा नियमित भगवत गीताकाे प्रबचन, हरे कृष्ण मन्त्र जप, हरिनाम संङ्कीर्तन सहित भजन कृतन र निशुल्क प्रसाद वितरण हुँदै आएकाे छ ।

    संस्थाका सदस्य लक्ष्मी गुरूङका अनुसार व्यासभूमिलाई विश्वमाझ प्रचारप्रसार, धार्मिक एवं आध्यत्मिक विकास गर्नका लागि गुरुयाेजना निर्माण गरिएकाे छ ।

    No description available.

    जस अन्तर्गत श्रीश्री राधा कृष्ण मन्दिर , ब्रह्मचारी आश्रम , सन्यास आश्रम, सभा हल, पाहुना घर, भक्तिबेदान्त गुरूकुल, भक्तिबेन्दान्त हस्पिटल , गाैशाला, भक्तिबेन्दात पुस्तकालय, अनाथलय आश्रम सहितकाे गूरूयाेजना निर्माण गरिएको छ। जसलाई सम्पन्न गर्नका लागि करिब ६० कराेडकाे लागत अनुमान समेत तयार गरिएको संघका सदस्य ईन्जिनियर सुशील खनालले जानकारी दिए ।

    उक्त परियाेजना सम्पन्न गर्नका लागि विभिन्न सरकारी निकायहरू, संघीय सरकार, प्रदेश सरकार तथा व्यास नगरपालिका लगायतलाई अनुराेध गरिएकाे संघका सचिव प्रमाेद न्याैपानेले बताए ।