दमौली । व्यास नगरपालिका–६ शिसाघाट निवासी लेखनाथ नागिलाको अपाङ्गता भएकोले चर्याइरहेको घाउलाई उनका बालापनका साथीहरुले मलम लगाएका छन् । नागिला अध्ययन गरेको शिसाघाट स्थित महेन्द्रज्योति माध्यामिक विद्यालयको पूर्व विद्यार्थी मञ्चले सक्रियतामा चार पाङ्ग्रे स्कुटर प्रदान गरि नागिलाको घाउमा मलम लगाउने काम गरिएको हो ।
मञ्चले खरिद गरेको स्कुटर आइतबार नागिलालाई हस्तान्तरण गरिएको छ । स्कुटर हस्तान्तरण गर्दै मञ्चका अध्यक्ष भानु चापागाईले दैनिक जीवनमा सहजता पूर्व विद्यार्थीहरुसँग रकम सङ्कलन गरेर स्कुटर प्रदान गरिएको जानकारी दिए ।
सँगै पढेको बालसखालाई अपाङ्गताका कारण हिँडडुल गर्न नसक्दा कष्टकर जीवन बिताईरहेका उनीहरूलाई सो स्कुटर प्रदान गरिएको स्कुटर हस्तान्तरण कार्यक्रममा बताईएको थियो । स्कुटर दुई लाख १० हजारमा खरीद गरिएको मञ्चले जनाएको छ ।