दमाैली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँको भानु नगरपालिकामा आयोजित चुनावी सभामा १२ किलोको पुष्प मालाले स्वागत गरिएको छ ।
मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भएको घर दैलो कार्यक्रममा भानु १२ अर्चलेमा भएको कार्यक्रममा पौडेललाई उक्त माला लगाइएको हो ।
पौडेल सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् ।
कार्यक्रममा १२ किलो पुष्प माला, १२०० मत अन्तर र १२ बूँदे विकास योजना माग पत्र पनि कार्यक्रम पेस गरिएको थियो ।