उम्मेदवार गुरुङलाई चर्चित गायिका ज्योति मगरको साथ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    उम्मेदवार गुरुङलाई चर्चित गायिका ज्योति मगरको साथ

    खबरपुञ्ज संवाददाता

    २५ कार्तिक २०७९, शनिबार

    दमौली । नेकपा एमालेका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ प्रदेश २ का उम्मेदवार पूर्णबहादुर गुरुङलाई चर्चित लोक गायिका ज्योती मगरले साथ दिएकी छिन् । गायिका मगर केही दिन यता उम्मेदवार गुरुङको चुनावी अभियानमा छिन् ।

    केही दिन अघि देवघाट र ऑबुखैरेनीको कार्यक्रममा गुरुङलाई साथ दिएकी गायिका मगर शनिबार बिहान व्यास नगरपालिका-१ भादगाउँमा घरदैलोमा गुरुङसँगै थिइन् । उनले कार्यक्रम तथा घर दैलोमा गीतको माध्यमबाट प्रदेश सभामा नेकपा एमालेका उम्मेदबार गुरुङलाई
    जिताउन अनुरोध गर्दै आएकी छिन् ।

    गुरुङ विकासप्रेमी र युवाहरुबीच लोकप्रिय भएको कारण आफूले चुनावी
    अभियानमा साथ दिएको गायिका मगरले बताइन् । आफु कुनै पनि पार्टीको कार्यकर्ता नभएपनि यस पटकको चुनावमा युवा नेताहरुले जित्नु पर्ने भन्दै गायिका मगरले त्यसैको लागि गुरुङको पक्षमा मत मागेको बताइन् ।