गठबन्धनका कार्यकर्ताले आफ्नै सम्झिएर मत हाल्नुपर्छ : वरिष्ठ नेता पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    गठबन्धनका कार्यकर्ताले आफ्नै सम्झिएर मत हाल्नुपर्छ : वरिष्ठ नेता पौडेल

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०७९, सोमबार

    लमजुङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनका कार्यकर्ताले आफ्नै सम्झिएर मतदान गर्न आग्रह गरेका छन् । लमजुङको राइनासमा सोमबार आयोजित कार्यक्रममा पौडेलले साझा उम्मेदवारलाई मतदात गर्न आग्रह गरे ।

    ‘कांग्रेसीहरुले आफ्नै उम्मेदवार सम्झेर हँसिया हथौडामा र माओवादी, समाजवादीका साथीहरुले आफ्नै उम्मेदवार सम्झेर रुखमा भोट हाल्नु पर्छ,’ पौडेलले भने ।

    पौडेलले वैदेशिक पलायन बन्द गरेर प्रकृतिलाई प्रयोग गरेर गाउँगाउँमा रोजगारी र गाउँमै आम्दानी बढाउन आवश्यक रहेको उल्लेख गरे ।