आचारसंहिता पालनामा दल तथा उम्मेदवार सचेत : इन्सेक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    आचारसंहिता पालनामा दल तथा उम्मेदवार सचेत : इन्सेक

    खबरपुञ्ज संवाददाता

    २९ कार्तिक २०७९, मंगलवार

    दमाैली । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आचारसंहिता पालना सन्तोषजनक रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ । इन्सेकले गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरेको अनुगमनबाट आचारसंहिता पालना सन्तोषजनक रहेको पाइएको जनाएको छ ।

    इन्सेकले मङ्गलबार तनहुँ जिल्लास्थित सञ्चारकर्मीसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गण्डकी संयोजक शिव खकुरलले विगत निर्वाचनभन्दा यो पटक आचारसंहिता पालनामा दल तथा उम्मेदवार सचेत रहेको पाइएको जानकारी दिए। “इन्सेकले तीन चरणको अनुगमन सुरु गरेको छ, निर्वाचनपूर्वको अनुगमनका आधारमा आचारसंहिता पालनामा सबै सचेत रहेको पायौ,” खकुरेलले भने, “अहिलेको निर्वाचनमा तडकभडक पनि देखिएन ।”

    स्थानीय तह निर्वाचनमा तडकभडक, तुल व्यानर, मोटरसाइकल प्रयोग अत्याधिक रहेको पाइएको बताउँदै खकुरेलले अहिलेको निर्वाचनमा त्यस्तो नदेखिएको उल्लेख गरे। “अहिलेको चुनाव प्रचारप्रसार शान्तिपूर्ण छ, हल्लाखल्ला छैन, तुल व्यानर प्रयोग एकदमै कम छ,” खकुरेलले भने, “सवारी साधन प्रयोग पनि केही ठाउँमा बाहेक आचारसंहिता रहेर प्रयोग गरेको पायौ ।”

    इन्सेकले गण्डकी प्रदेशका विभिन्न जिल्लामा पुगेर आचारसंहिता पालनाको अवस्था, निर्वाचन तयारी, सुरक्षा प्रबन्धको विषयमा अनुगमन गरिरहेको कार्यक्रम संयोजक शवनम शर्माले बताइन। शर्माले निर्वाचनको प्रचारप्रसारमा बालबालिका प्रयोग गरिएको नभेटिएको भन्दै यो राम्रो पक्ष रहेको बताए ।

    इन्सेकले देशभर आठ सय पर्यवेक्षक परिचालन गरेको छ । त्यसमध्ये गण्डकी प्रदेशमा ७६ र तनहुँमा आठ जना पर्यवेक्षक परिचालित गरिएको जनाइएको छ ।