जनताको विकासको चाहनालाई पूरा गर्छौ : पूर्वमन्त्री गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    जनताको विकासको चाहनालाई पूरा गर्छौ : पूर्वमन्त्री गुरुङ

    खबरपुञ्ज संवाददाता

    २९ कार्तिक २०७९, मंगलवार

    दुलेगाैडा । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङले आफ्नो पहिलो प्राथमिकता विकास निर्माण रहेको बताएका छन् । रिङ गाउँपालिकाका विभिन्न वडामा मङ्गलबार आयोजित मतदाता भेटघाटमा बोल्दै गुरुङले विकास निर्माणमा जनताको चासो अपरिहार्य रहेको बताउँदै विकासको चाहनालाई पूरा गर्न कटिबद्ध रहने बताए ।

    गुरुङले भने, “यहाँहरुले विकास निर्माणको विषयमा देखाउनुभएको चासोलाई सम्मान गर्छु । अर्थमन्त्री र प्रदेश सभा सदस्य हुँदा धेरै काम सुरु गरेका थियौं । अधुरा कार्य र नयाँ योजना पुरा गर्नेछु ।” गुरुङले वर्षौसम्म हिलाम्मे र धुलाम्मे रहेको भिमाद–भिरकोट जोड्ने श्रृङ्गपथ आफू प्रदेश सभा सदस्यमा निर्वाचित भएर आएपछि काम भएको स्मरण गराए।

    “घिरिङ आउनै मुस्किल थियो । विभिन्न कारणले सडक अलपत्र अवस्थामा थियो,” उनले भने, “निर्माण व्यवसायीलाई बारम्बार ताकेता र ध्यानाकर्षण गराएपछि यत्तिको अवस्थामा आएको हो ।” गुरुङले अधुरा योजना पूरा गर्ने योजनाका साथ मतदाताका बीचमा आएको प्रष्ट पारे। उनले एमाले नेतृत्वको सरकाले गाईघाट–ऋषिङ–चापाकोट गल्याङ रणनीतिक सडकलाई प्राथमिकतामा राखेको बताउँदै मानपुर–डेढगाउँ र मानपुर–बैडी सडकखण्ड कालोपत्रे हुने जानकारी दिए।

    तनहुँ २ प्रदेश २ का उम्मेदवार केदार सिग्देलले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी विकास निर्माण कार्य अघि बढ्ने बताए।

    उम्मेदवार गुरुङ र सिग्देलसहितका नेताहरु मङ्गलबार घिरिङ गाउँपालिका–१ को कटहर, वडा नम्बर २ को गजरकोट, काठेकोट, माहुरकोट, भुबरकोट, कोलडाँडा, सुनपानी, वाकथोक, डाँडाथोक, पोखरीछाप, नेवापानी लगायतका ठाउँमा पुग्नुभएको थियो ।

    कात्तिक १७ देखि मतदाताको घरदैलो औपचारिक रुपमा पुग्न सुरु गरेका गुरुङले तनहुँ २ निर्वाचन क्षेत्रका अधिकांश वडामा मतदाता भेटघाट गरिसकेका छन् । यस क्षेत्रमा शुक्लागण्डकी, भिमाद, म्याग्दे, व्यास, रिसिङ र घिरिङका ४३ वडा पर्दछन् ।