तनहुँको कुन क्षेत्रमा कति मतदाता ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँको कुन क्षेत्रमा कति मतदाता ?

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०७९, शनिबार

    दमौली । भोलि आइतबार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि तनहुँमा दुई लाख ४८ हजार चार सय ९५ जनाले मतदान गर्दैछन् । स्थानीय तह निर्वाचनपछि तनहुँमा चार हजार एक सय ५५ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनमा दुई लाख ४४ हजार तीन सय ४० मतदाता रहेका थिए ।

    तनहुँ क्षेत्र नम्बर १ तर्फ एक लाख २३ हजार चार सय ९० र क्षेत्र नम्बर २ तर्फ एक लाख २५ हजार पाँच मतदाता छन् । विसं २०७४ सालको प्रतिनिधि÷प्रदेशसभा निर्वाचनमा जिल्लामा दुई लाख ११ हजार तीन सय ९६ मतदाता थिए । पाँच वर्षको अवधिमा यहाँ ३७ हजार ९९ मतदाता थपिएका छन् ।

    तनहुँ क्षेत्र नम्बर १ प्रदेश सभा (१) मा ६७ हजार एक सय ४४ र प्रदेश सभा (२) मा ५६ हजार तीन सय ४६ मतदाता छन् । तनहुँ क्षेत्र नम्बर २ प्रदेश (१) मा ६७ हजार ३२ र प्रदेश (२) मा ५७ हजार नौ सय ७३ मतदाता छन् ।

    तनहुँ क्षेत्र नम्बर १ मा ६९ मतदानस्थल र एक सय ५२ मतदान केन्द्र छन् । क्षेत्र नम्बर २ तर्फ ७३ मतदानस्थल र एक सय ५३ मतदान केन्द्र छन् । क्षेत्र नम्बर १ प्रदेश (१) तर्फ ३६ मतदानस्थल र ८२ मतदान केन्द्र, प्रदेश (२) तर्फ ३३ मतदानस्थल र ७० मतदान केन्द्र कायम छन् । क्षेत्र नम्बर २ प्रदेश (१) तर्फ ३७ मतदानस्थल र ८० मतदान केन्द्र तथा प्रदेश (२) तर्फ ३६ मतदानस्थल र ७३ मतदान केन्द्र छन् ।