दुलेगाैडा । तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङले मतदान सम्पन्न भएपछि सबैलाई धन्यवाद दिएका छन् । गुरुङले आइतबार साँझ प्रेस विज्ञप्ती जारी गरी मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न भएकामा सबैप्रति आभार व्यक्त गरेका हुन् ।
मतदान प्रक्रियामा सहभागी हुने क्षेत्र नम्बर २ का जनता, निर्वाचनमा खटिने सुरक्षाकर्मी, मतदान अधिकृत लगायत सबैलाई गुरुङले धन्यवाद दिएका छन् ।
साथै गुरुङले मतगणना प्रक्रियालाई स्वच्छ एवं निष्पक्ष बनाउन सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।