हिमालपारिको जिल्लाबाट कांग्रेसको विजयी सुरुवात, मुस्ताङका योगेश बने पहिलो सांसद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    हिमालपारिको जिल्लाबाट कांग्रेसको विजयी सुरुवात, मुस्ताङका योगेश बने पहिलो सांसद

    खबरपुञ्ज संवाददाता

    ४ मंसिर २०७९, सोमबार

    काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङबाट चुनावी नतिजा आफ्नो पक्षमा पार्दै नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ ।

    मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार योगेश गौचन ३ हजार ९९२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका निवर्तमान सांसद प्रेम तुलाचन ३ हजार ७८ मतमा रोकिएका छन् ।

    प्रतिस्पर्धामा उत्रीएका गौचन र तुलाचन नाताले सालाभेना हुन् । २०७४ को निर्वाचनमा तुलाचनले योगेशका बुवा रोमिलाई पराजित गरेका थिए । छोरालाई काङ्ग्रेसको टिकट सुम्पिएका रोमिले छोरामार्फत नै हारको बदला लिएका छन् ।