तनहुँ–२ : मतगणना सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ–२ : मतगणना सुरु

    खबरपुञ्ज संवाददाता

    ४ मंसिर २०७९, सोमबार

    दमौली । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र दुवै प्रदेशसभाको मतगणना सुरु भएको हो ।

    निर्वाचन अधिकृत गोविन्द उपाध्यायले सर्वदलीय बैठकको सहमति अनुसार मतगणना सुरु गरिएको जानकारी दिए ।

    क्षेत्र नम्बर २ मा एक लाख २५ हजार पाँच मतदाता रहेकामा ६८ हजार दुई सय ७१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

    क्षेत्र नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली काङ्ग्रेसका शङ्कर भण्डारी र नेकपा (एमाले) का किरण गुरुङबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

    क्षेत्र नम्बर २ प्रदेश १ मा नेकपा (माओवादी) केन्द्रका राजेन्द्रकेशरी न्यौपाने र नेकपा (एमाले) का श्यामराजा महतबीच प्रतिस्पर्धा हुँदैछ ।

    क्षेत्र नम्बर २ प्रदेश २ मा नेपाली काङ्ग्रेसका जीतप्रकाश आले र नेकपा (एमाले) का केदार सिग्देलबीच प्रतिस्पर्धा हुँदैछ ।