नेदरल्यान्ड्सले सेनेगललाई हरायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेदरल्यान्ड्सले सेनेगललाई हरायो

    खबरपुञ्ज संवाददाता

    ६ मंसिर २०७९, मंगलवार

    काठमाडाै । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्सले सेनेगललाई पराजित गरेको छ । कतारको दोहास्थित अल थुमामा स्टेडियममा आज राति सम्पन्न खेलमा नेदरल्याण्डसले सेनेगललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    नेदरल्यान्ड्सको जितमा कोडी गाक्पो र डाभी क्लासेनले एक/एक गोल गरे । नेदरल्यान्ड्सले दुबै गोल खेलको दोस्रो हाफमा ग¥यो । खेलको ८४औं मिनेटमा गाक्पोले फ्रान्की डी जोङको पासमा हेडमार्फत् उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए ।

    खेलको दोस्रो हाफको अतिरिक्त समयमा क्लासेनले गोल गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित गरेका थिए । जितसँगै नेदरल्यान्ड्सले ३ अंक जोडेको छ । आज राति १२ः४५ बजे कतारको अल अहमद रङ्गाशालामा वेल्स र अमेरिकाबीचको प्रतिस्पर्धा हुँदैछ ।—