तनहुँ १ (१) मा काङ्ग्रेसका श्रेष्ठ विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ १ (१) मा काङ्ग्रेसका श्रेष्ठ विजयी

    खबरपुञ्ज संवाददाता

    ७ मंसिर २०७९, बिहीबार

    दमाैली । तनहुँ क्षेत्र नम्बर १ प्रदेश १ मा नेपाली काङ्ग्रेसका अशोककुमार श्रेष्ठ विजयी भएका छन् । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका श्रेष्ठ प्रतिस्पर्धी भन्दा चार हजार दुई सय १८ बढी मत प्राप्त गरी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

    आज बिहान सार्वजनिक मतपरिणाम अनुसार श्रेष्ठले १५ हजार तीन सय ६३ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ ।

    प्रतिस्पर्धी नेकपा (एमाले) का रामबहादुर गुरुङले ११ हजार एक सय ४५ मत प्राप्त गरेका छन् ।

    यो प्रदेशमा ३६ हजार चार सय ३१ मत खसेको थियो । उक्त प्रदेशमा व्यास नगरपालिका २, ३, ४, ७, ८, ९, १०, ११ र भानु नगरपालिकामा पर्दछ ।

    श्रेष्ठ पहिलो पटक संसदीय निर्वाचनमा होमिनुभएको थियो भने गुरुङ निवर्तमान प्रदेशसभा सदस्य हुन् । विसं २०७४ को निर्वाचनमा गुरुङ तत्कालिन बाम गठबन्धनबाट निर्वाचित भएका थिए ।

    लायन्स क्लव अफ नेपाल ३२५ वि १ का पूर्व गर्भनर रहेका श्रेष्ठ नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।

    निर्वाचित भएपछि श्रेष्ठले युवालाई अगाडी बढाउने, महिला जागरण अभियान सञ्चालन गर्ने, कृषिलाई बढावा दिन कृषकलक्षित कार्यक्रम सञ्चालन गर्ने, उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने एजेण्डालाई कार्यान्वयन गर्ने बताए ।