तनहुँ : दुई प्रतिनिधिसभा र दुई प्रदेशमा काङ्ग्रेस, एक/एकमा एमाले र माओवादी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ : दुई प्रतिनिधिसभा र दुई प्रदेशमा काङ्ग्रेस, एक/एकमा एमाले र माओवादी

    खबरपुञ्ज संवाददाता

    ७ मंसिर २०७९, बिहीबार

    दमाैली । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य–२०७९ अन्तर्गत तनहुँका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यको मतपरिणाम सार्वजनिक भएको छ ।

    दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यमध्ये नेपाली काङ्ग्रेसले दुवै प्रतिनिधिसभामा विजय हासिल गरेको छ । यस्तै नेपाली काङ्ग्रेसले दुई प्रदेशसभा, नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रले एक÷एक प्रदेशसभामा विजय हासिल गरेको छ ।

    नेपाली काङ्ग्रेसले तनहुँ–१ र २ को प्रतिनिधिसभा, १ (१) र २ (२) को प्रदेशसभामा विजय हासिल गरेको छ । नेकपा (एमाले) ले २ (१) र नेकपा (माओवादी) केन्द्रले १ (२) मा विजय हासिल गरेको छ ।

    तनहुँ–१ मा प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल २५ हजार तीन सय १८ मतसहित विजयी भएकाे सहायक निर्वाचन अधिकृत मीनबहादुर कुंवरले जानकारी दिए ।

    प्रतिस्पर्धी नेकपा (एमाले) का एकबहादुर रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गरेका छन् ।

    तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका शङ्कर भण्डारी विजयी भए । भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गरे । प्रतिस्पर्धी नेकपा (एमाले) का किरण गुरुङले २५ हजार एक सय ३० मत प्राप्त गरे ।

    तनहुँ १ (१) मा नेपाली काङ्ग्रेसका अशोककुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १५ हजार तीन सय ६७ मत प्राप्त गरे भने प्रतिस्पर्धी नेकपा (एमाले) का रामबहादुर गुरुङले ११ हजार एक सय ५५ मत प्राप्त गरे ।

    तनहुँ १ (२) मा नेकपा (माओवादी) केन्द्रका हरिबहादुर चुमान विजयी भएका छन् । चुमानले १३ हजार दुई सय ७१ मत प्राप्त गरे । प्रतिस्पर्धी नेकपा (एमाले) का पूर्णबहादुर गुरुङले दश हजार पाँच सय तीन मत प्राप्त गरेका छन् ।

    तनहुँ २ (१) मा नेकपा (एमाले) का श्यामराजा महत निर्वाचित भएका छन् । महतले १५ हजार छ सय ६५ मत प्राप्त गरे भने प्रतिस्पर्धी बाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी) का राजेन्द्रकेशरी न्यौपानेले १३ हजार आठ सय ९९ प्राप्त गरे ।

    तनहुँ २ (२) मा नेपाली काङ्ग्रेसका जीतप्रकाश आले विजयी भएका छन् । आलेले १३ हजार आठ सय ६० मत प्राप्त गरे । प्रतिस्पर्धी नेकपा (एमाले) का केदार सिग्देलले १३ हजार दुई सय २० मत प्राप्त गरे ।