दमौली । तनहुँ-१ प्रतिनिधिसभातर्फको समानुपातिक मतगणना सकिएको छ । बिहीबारदेखि समानुपातिक मतगणना गरिएकामा शुक्रबार मतगणना सकिएको हो ।
६७ हजार तीन सय ६७ मत खसेकामा ६३ हजार आठ सय नौ मत सदर भएको छ । त्यसमध्ये नेपाली कांग्रेसले २००८९, नेकपा एमालेले १६६४३, राष्ट्रिय स्वतन्त्र पार्टीले १२७३९, नेकपा माओवादीले ७३१०, राप्रपाले ३५५९ र नेकपा एसले ९४६ मत प्राप्त गरेको छ ।