भावी सरकारको नेतृत्वका लागि रामचन्द्रको कसरत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    भावी सरकारको नेतृत्वका लागि रामचन्द्रको कसरत

    खबरपुञ्ज संवाददाता

    १० मंसिर २०७९, आईतवार

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भावी सरकारको नेतृत्वका लागि छलफल सुरु गरेका छन् ।

    पौडेलले शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटेका छन् । शनिबार नै पौडेलले नेता विमलेन्द्र निधिलाई आफ्नै निवास बोहराटारमा बोलाएर छलफल गरेका छन् ।

    पौडेल निकट एक नेताका अनुसार उनलाई सभापति देउवाले आफू ‘रिजिड’ नहुने वचन दिएका थिए । ‘उहाँ (रामचन्द्र) कन्फिडेन्ट देखिनुभएको छ । सरकारको नेतृत्व गर्न विषयमा छलफल गर्न पार्टीभित्रका अरु नेताहरुसँग पनि छलफल गर्नुहुन्छ,’ पौडेल निकट एक नेताले भने ।

    पौडेलले महामन्त्री गगन थापासँग पनि छिट्टै छलफल गर्ने ती नेताले जानकारी दिए । महामन्त्री थापाले संसदीय दलको नेता चुनिनका तयारी तीव्र पारिरहेका बेला पौडेलको सक्रियता बढेको छ । ‘गगन जीले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने भनेर नै मत माग्नु भएको छ । त्यसले सभापतिमा दबाब परेको छ,’ पौडेल निकट नेता भन्छन्,’आफ्नो विकल्पमा संसदीय दलमा रामचन्द्रलाई अघि सार्ने सम्भावना पनि छ ।’

    पौडेल तनहुँ १ बाट निर्वाचित भई काठमाडौं आएसँगै भावी सरकारको नेतृत्वका लागि भेटघाट र छलफल अघि बढाएका छन् । नयाँ सरकारको नेतृत्वको चाहना पार्टीभित्र सभापति देउवा, महामन्त्री थापा, नेताहरु पौडेल, डा शेखर कोइराला, विमलेन्द्र निधि, डा शशांक कोइरालालगायत आकांक्षी छन् ।

    (अनलाइन खबर)