एजेन्सी । कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ मा स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाँडेका छन् ।अल बेयत रंगशालामा सोमवार बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६२औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका थिए ।
यसपछि खेलको ८३औं मिनेटमा जर्मनीका खेलाडी निकलस फूलक्रुगले गोल गर्दै खेललै १–१ गोलको बराबरी ल्याए । यस बराबरीसँगै समूह ‘ई’बाट दुवै टोलीको नकआउट सम्भावना कायम रहेको छ । स्पेनले २ खेलमा ४ अंक जोडेको छ भने जर्मनी २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।