मुख्यमन्त्री पाेख्रेसँग स्टाफ कलेजका प्रशिक्षार्थीकाे अन्तरक्रिया
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मुख्यमन्त्री पाेख्रेसँग स्टाफ कलेजका प्रशिक्षार्थीकाे अन्तरक्रिया

    खबरपुञ्ज संवाददाता

    १२ मंसिर २०७९, सोमबार

    पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग सैनिक कमाण्ड तथा स्टाफ कलेजमा जारी तालिममा प्रशिक्षार्थीले सोमबार अन्तक्र्रिया गरेका छन् ।

    संघीयता कार्यान्वयमा देखिएका चुनौती, अवसर, आर्थिक विकास, भौतिक पूर्वाधारदेखि सम्भाव्यताका बारेमा प्रशिक्षार्थीले राखेका जिज्ञाशा मुख्यमन्त्री पोखरेलले मेटाएका थिए ।

    प्रदेशका प्रमुख सचिव रविलाल पन्थ सहभागी कार्यक्रम नेपाली सेनाका महासेनानी जयन्द्र केसीले कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पारे। तालिममा सहभागी सेनानी र सशस्त्र प्रहरीका डिएसपीसहित ७ जनाले जिज्ञासा राखेका थिए ।