समानुपातिकमा एमालेको अग्रता कायमै (कसको कति मत?)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    समानुपातिकमा एमालेको अग्रता कायमै (कसको कति मत?)

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०७९, शुक्रबार

    काठमाडौ । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।

    शुक्रबार बिहान १० बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । एमालेले २७ लाख ७३ हजार ९९९ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ४४ हजार २४१ मत ल्याएको छ ।

    नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमै छ । माओवादी केन्द्रले ११ लाख ६१ हजार २५६ मत पाएको छ ।

    ११ लाख १९ हजार ९६६ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८५ हजार ९२१ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) चार लाख २० हजार ९३१ मत पाउँदै छौटौँ स्थानमा छ ।

    जनमत पार्टी तीन लाख ९४ हजार ३४५ मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) दुई लाख ९४ हजार ६३ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी दुई लाख ७१ हजार ६५८ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख ६७ हजार २७८ मतसहित दशौँ स्थानमा छ । अरू पार्टीले एक लाखभन्दा कम मत पाएका छन् ।

    अहिलेसम्म एक करोड तीन लाख ८२ हजार ८५ मत गनिएको छ ।