६ प्रदेशमा एमाले बन्यो समानुपातिकतर्फ पहिलो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    ६ प्रदेशमा एमाले बन्यो समानुपातिकतर्फ पहिलो

    खबरपुञ्ज संवाददाता

    १७ मंसिर २०७९, शनिबार

    काठमाडौ । नेकपा एमाले ६ वटा प्रदेशमा समानुपातिकतर्फ पहिलो दल बनेको छ । प्रतिनिधिसभामा पनि पहिलो समानुपातिकमा पहिलो दल बनेको एमाले मधेस प्रदेशसभाबाहेक अरु सबै प्रदेशमा पहिलो दल बनेको हो । 

    मतगणना अन्तिम चरणमा पुग्दै गर्दा एमालेले प्रदेश १ को प्रदेशसभातर्फ ६६५४६० मत पाएको छ ।यस्तै मधेसमा ३५१७६८, बागमतीमा ५६२६७५, गण्डकीमा ३६२४२२, लु्म्बिनीमा ५७०९२१, कर्णालीमा १८३९५० र सुदूरपश्चिममा २४८८४० मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । प्रतिनिनिधिसभातर्फ २७,८३,०८५ मत पाएको एमालेले प्रदेशसभातर्फ पाएको मतको कुल जोड २९४६०३६ रहेको छ ।