सर्वोच्चले दिएन अन्तरिम आदेश,रवि लामिछानेलाई शपथको बाटो खुल्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सर्वोच्चले दिएन अन्तरिम आदेश,रवि लामिछानेलाई शपथको बाटो खुल्यो

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०७९, बुधबार

    काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद् पदमा शपथ ग्रहणको बाटो खुलेको छ । सर्वोच्च अदालतले उनीविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि लामिछानेलाई शपथको बाटो खुलेको हो ।

    लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिने/नदिनेबारे निर्णय गर्न दुवै पक्षलाई बोलाएको छ ।

    सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासमा रिटमाथि सुनुवाइ भएको थियो ।

    युवराज असफलले सांसद बन्न अयोग्य भएको भन्दै लामिछानेको शपथमा रोक लगाउन माग गर्दै रिट दायर गरेका थिए ।