नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण सुरु

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०७९, बिहीबार


    पोखरा । पोखरा फेवा किनारमा नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण सुरु भएको छ । बुकवर्म फाउन्डेसनले गर्र्दै आएको साहित्यिक महोत्सव पुस ११ गतेसम्म चल्नेछ ।

    महोत्सवको समुघाटन कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्य लिटरेचर फेस्टिभलले पोखराको पर्वद्धनमा ठूलो भूमिका खेलेको बताए । उनले फेस्टिभललाई सफल बनाउन पोखरेलीले पनि अपनत्व लिनुपर्ने सुझाव दिए ।

    ०११ मा काठमाडौंबाट सुरु भएको नेपाल लिटरेचर फेस्टिभल ०१६ देखि पोखरामा आयोजना हुन थालेको हो । महोत्सवलाई पोखरा ल्याउन तत्कालीन नेकपा एमाले तथा पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीले अगुवाई गरेको मेयर आचार्यले सम्झिए ।

    ‘काठमाडौंमा हुने फेस्टिभलमा हामी पनि सहभागी हुन्थ्यौं । त्यति नै बेला पोखरा ल्याउन रवीन्द्रजीले झलक सुवेदी र मसँग पोखरा लैजाँदा कस्तो हुन्छ भनेर सोध्नु भएको थियो,’ मेयर आचार्यले सम्झिए, ‘पछि पोखरा आयो । बीचमा पोखराले कति आत्मसात् ग¥यौं, गरेनौं समीक्षा गर्नै पर्ला । पोखराले यो दुर्लभ अवसर पाएको छ । यसमा गर्व गर्नुपर्छ ।’

    मेयर आचार्यले हाल नेपाली समाज विखण्डनको बाटोमा गइरहेको र त्यसलाई सहि मार्गमा लैजान पनि महोत्सव सफल हुनुपर्ने बताए ।

    गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का ‘बिखर्ची’ले बुकवर्मसँग सहकार्य गरेर प्राज्ञिक बहसमा सहभागी हुन पाउँदा खुसी लागेको बताए । उनले गण्डकी थुप्रै प्रतिभाको जन्म भएको ठाउँ भएकाले त्यसलाई अगाडि बढाउन हातेमालो गरेर अगाडि बढ्ने सुनाए ।

    कुलपति बिखर्चीले स्रष्टालाई तेस्रो दर्जाको नागरिक सोच्नु नहुने बताए । उनले नेपाल प्रज्ञा प्रतिष्ठानबारे नराम्रो कुराहरु बाहिर आइरहेकाले त्यसलाई सुधार्नुपर्ने सुझाव दिए ।

    लेखक शिवानीसिंह थारुले संयोगवश २०११ मा पहिलो लिटरेचर फेस्टिभल उद्घाटन सहजीकरण गर्ने मौका पाएको बताइन् । ‘सुरुमा लिटरेचर फेस्टिभल हुँदा पुस्तक मेला हुन्थे, साहित्यिक महोत्सव हुन्थेनन् । तर, अहिले संस्कृतिको रुप लिएको छ । विस्तारै संस्कार बढाउँदैछ,’ उनले भनिन् ।

    कार्यक्रमका निर्देशक निरज भारीले फेस्टिभलको दशौं संस्करणसम्म पोखरा ल्याउन ठूलो भूमिका खेल्ने पूर्व पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीलाई सम्झिए । स्व. अधिकारीकै तारन्तार आग्रह पछि आफूहरु ठूलो चुनौती बोकेर पोखरा आएको बताउँदै उनले भने, ‘फर्केर हेर्दा त्यो निर्णय गल्ती गरेनौं भन्ने लाग्छ । सहरको विकासमा कुनै कुनै निर्णयले धेरै कुरा फरक पर्छ ।’

    बिहीबारदेखि औपचारिक उद्घाटन भए पनि बुधबार साँझ गायक तथा संगीतकार उज्ज्वल सागर र कवि नवराज पराजुलीले काव्यिक संगीत प्रस्तुति राखेका थिए । सहआयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रवद्र्धक पोखरा महानगरपालिका छ ।

    फेस्टिभलको ५५ वटा बढी सेसनमा सहभागी हुन देशविदेशबाट २ सय जनाभन्दा बढी पोखरा आएका छन् । समुद्घाटनको पहिला दिन डा अच्युत वाग्लेले विद्वत्प्रवचन दिएका छन् ।

    पहिलो दिन घरबाट विद्यालयसम्म विषयक सेसनमा डा मीनाक्षी दाहाल, शिशिर खनाल र दिनकर नेपाल बहस गर्नेछन् । त्यस्तै, पहिलो दिन नै स्व.गोपालमान योञ्जनको स्मृतिमा गोपालयः सांगीतिक प्रस्तुति रहनेछ ।