दमौली । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा तनहुँका कार्यकर्ताले बॉझो जग्गामा धान उत्पादन गरेका छन् । बन्दीपुरस्थित २० रोपनी बॉझो जग्गामा नेकपाका कार्यकर्ताले धान उत्पादन गरेका हुन् ।
असारमा लगाएको धान नेकपा कार्यकर्ताले भित्र्याएको नेकपा तनहुँका इन्चार्ज निशान सी ले जानकारी दिए । उनका अनुसार एक सय मूरी धान उत्पादन भएको छ ।
उनले भने, ‘बॉझो रहेको जग्गाको सदुपयोग गर्दै धान खेती गरिएकामा एक सय मूरी धान भित्र्याएका छौ । हरेक नेता कार्यकर्ता कृषिमा जोड्ने लक्ष्य छ ।’
धान भित्र्याएपछि सोही जग्गामा आलुखेती गर्न लागिएको उनले बताए ।
सो पार्टीका जिल्ला सदस्य ओमविक्रम पन्तले हरेक नेता तथा कार्यकर्तालाई कृषि र उत्पादनमा जोडिन निर्देशन दिइएको बताए ।