काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन् । काठमाडौंको दरबारमार्गमा भएको एमालेको जनजागरण सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले वर्तमान सरकार देश र जनताको पहरेदारको रुपमा रहेको दाबी गरे ।
‘एमालेलाई कसैले हल्लाउन सक्दैन । अहिलेको समीकरणलाई कसैले हल्लाउन सक्दैन । सरकारलाई कसैले हल्लाउन सक्दैन,’ प्रधानमन्त्री ओलीले भने,’यो सरकार कमिसन खोरीका लागि होइन । मेरिटोक्रेसीको नाममा आफ्ना कार्यकर्ता भर्नका लागि होइन । जनताको विकासको चाहना पूरा गर्ने र स्थायित्व दिने गरी बनेको हो ।’