दमौली । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) तनहुँको अध्यक्षमा सुशीलकुमार श्रेष्ठ चयन भएका छन् । जिल्ला शाखाको १२ औ वार्षिक साधारण सभा तथा छैटौ जिल्ला अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा सीता पाण्डे, सचिवमा मिन कुंवर, सहसचिवमा उमेश भुषाल, कोषाध्यक्षमा रामप्रसाद भूषाल र सदस्यहरुमा कृष्णप्रसाद भूषाल, पवन पौडेल, श्रवन श्रेष्ठ, रन्दन सुनार चयन भएका छन् ।
अधिवेशनमा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, क्यान महासंघका केन्द्रीय सदस्यद्वय तुल्सी पाण्डे र चिन्तामणि बास्तोला, क्यान तनहुँका संस्थापक सदस्य खेमराज रेग्मी, पूर्व अध्यक्ष ईन्द्र थापा, निवर्तमान अध्यक्ष टिकाराम पनेरु लगायतले बोलेका थिए ।