सहिदचन्द्र नेपाली छात्रावासको मन्त्री विकद्वारा उदघाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सहिदचन्द्र नेपाली छात्रावासको मन्त्री विकद्वारा उदघाटन

    खबरपुञ्ज संवाददाता

    ८ पुष २०७९, शनिबार

    दमौली । व्यास-१ स्थित आदिकवि भानुभक्त क्याम्पसद्वारा सञ्चालन गरिएको सहिदचन्द्र नेपाली छात्रावासको उदघाटन गरिएको छ । गण्डकी प्रदेशका आन्तरिक मामलामन्त्री डोवाटे विकले उक्त छात्रावासको उदघाटन गरेका हुन् ।

    सो क्रममा मन्त्री विकले समाजमा रहेका आर्थिक रुपले पछाडि परेका सामाजिक रुपले उत्पीडनमा परेका ग्रामीण भेगका उच्च शिक्षाको अवसरबाट वञ्चित रहेका छात्राहरुलाई अध्ययनको अवसर दिलाउने उद्देश्यले स्थापित क्याम्पस आफ्नो लक्ष्यमा अगाडी बढेको बताए ।

    प्रदेश सभा सदस्य हरिबहादुर चुमानले छात्रावासलाई पूर्णता दिनका लागि आफ्नोतर्फबाट प्रदेश सरकार मार्फत आर्थिक अनुदान सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    संविधानसभाका सदस्य रामचन्द्र पोखरेलले विगतमा छात्रवासको भवन संरचना निर्माणका लागि गरिएका प्रयत्नहरु पर्याप्त नरहेपनि त्यसले छात्रवासको पूर्वाधार विकासमा राम्रो जग स्थापना गरेको बताए ।

    हाल सहिद चन्द्र नेपाली छात्राबासमा ३२ विद्यार्थी बस्दै आइरहेका छन् । गोरखा लमजुङ र तनहुँ जिल्लाका दुर्गम भेगका अति विपन्न असहाय र टुहुरा विद्यार्थीहरुले छात्रवासको सुविधा प्रयोग गर्दै आइरहेका छन् ।