कालोपत्रेको काम रोकिएपछि वडा सदस्य श्रेष्ठद्वारा ठेकेदारको ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    कालोपत्रेको काम रोकिएपछि वडा सदस्य श्रेष्ठद्वारा ठेकेदारको ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    ९ पुष २०७९, शनिबार

    दमौली। आँबुखैरेनी गाउँपालिका-३ स्थित आँबुखैरेनी मिलनचोकदेखि आँबुगाउँसम्म सडक कालोपत्रेको काम रोकिएपछि वडा सदस्य मनोज कुमार श्रेष्ठले चासो व्यक्त गरेका छन् ।

    श्रेष्ठले शनिबार सडक कालोपत्रेको जिम्मा लिएका ठेकेदार उमेश रिजाल समक्ष कार्यालयमा गई चासो व्यक्त गरेका हुन् । ठेकेदारले दशैं अगाडी नै सो सडक कालोपत्रे सम्पन्न पूरा गर्ने जनाएपनि तापक्रमको कारण देखाउँदै हालसम्म काम हुन नसकेको बताएका छन् ।

    अहिले चिसो मौसम भएको र तापक्रम कम भएकाले कालोपत्रे गर्न समस्या रहेको रिजालले बताएका छन् । फागुन लगत्तै कालोपत्रेको काम धमाधम अगाडी बढ्ने उनले बताएको वडा सदस्य श्रेष्ठले जानकारी दिए ।