काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसदको सबभन्दा ठूलो दल कांग्रेस सरकार गठनको अग्रसता लिन कांग्रेस असफल भएपछि आफूहरुले पहल लिनु परेको बताएका छन् ।
एमाले र माओवादीसहितका दलहरुबीच प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको छ । दलहरु प्रचण्डलाई प्रधानमन्त्री बनाउन दाबी गर्दै राष्ट्रपति कार्यालय हिँडेका छन् ।
राष्ट्रपति कार्यालय जानुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले महासचिव पोखरेलले भनेका छन्, ‘निर्वाचनले कांग्रेसलाई पहिलो दलका रुपमा निर्वाचित गरे पनि ७६(२) अन्र्तगत सरकार गठनका लागि अग्रसरता, पहलकदमी र निष्कर्षमा पुर्याउने काम गर्न नसकेपछि दोस्रो ठूलो दल एमालेले पहल गर्नुपर्ने नैतिक बाध्यता आइलाग्यो ।’