काठमाडौ । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ किसानले आफू शितलनिवास गएको भन्ने भ्रम रहेको बताएका छन् । आइतबार प्रेस विज्ञप्ती जारी गरी श्रेष्ठले आफू आफ्नै निवासमा रहेको उल्लेख गरे ।
उनले भनेका छन्, ‘केह अनलाईन मिडियामा आएको समाचार प्रति मेरो गम्भीर आपत्ति छ ।म पार्टी को ईमानदार सिपाही हूँ र पार्टीको निर्णय विना शितल निवास जाने कुरै हुदैन । म आफ्नै निवासमा नै छु । भ्रममा नपर्न र नपार्नको लागि अनुरोध छ ।’