पोखरा । साविकको विजेता सशस्त्र प्रहर बल एपीएफले पोखरा रंगशालामा जारी २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको शीर्ष चारमा स्थान सुरक्षित गरेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनलमा एपीएफले धरान फुटबल क्बललाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
एपीएफले धरानलाई २–० गोल अन्तरले स्तब्ध पार्दै सेमिफाइनल खेल्न रोकेको छ । उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै धरानले एपीएफसँगको भेट पक्का गरेको थियो ।
धरानको दबाबमा परेको एपीएफले दुवै गोल पहिलो हाफमा गरेको हो । एपीएफका बिकु तामाङले ३६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । बिकुले गोल गरेको ३ मिनेटपछि युवराज खड्काले ३९ औं मिनेटमा गोल गर्दै जित दिलाए ।
धरान पराजित भएसँगै सेमिफाइनल पुग्ने सपना हुन पाएन । २०७४ मा सेमिफाइनलसम्म खेलेको धरान पुलिससँग १–० ले पराजित हुँदै घर फिर्ता भएको थियो ।
आहा रारा पोखरा गोल्डकपमा यो धरान र एपीएफबीचको तेस्रो भेट हो । यसअगाडी ०६४ सालमा पहिलो पटक यि दुई क्लब समूह चरणको खेलमा आमनेसामने भएका थिए । ट्राइबेकरमा एपीएफले ४–३अन्तरको जित निकालेको थियो । त्यसपछि ०७३ मा भिड्दा धरानले १–० को जित दर्ता गरायो ।
आइतबार चर्च ब्वाइज युनाइटेड र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइजले शुक्रबार भएको समुह चरणको खेलमा सर्वाधिक ६ पटकको विजेता नेपाल पुलिस क्बललाई २–१ गोल अन्तरले स्तब्ध पार्दै क्वाटरफाइन प्रवेश गरेको हो ।