यसपालि पनि ‘अभागी’ रह्यो आर्मी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    यसपालि पनि ‘अभागी’ रह्यो आर्मी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पोखरा । पोखरामा जारी २२ औं संस्करणको आहारारा पोखरा गोल्डकपबाट विभागीय टिम त्रिभुव आर्मी क्लब बाहिरिएको छ । सोमबार संकटा क्लबविरुद्ध मैदान छिरेको आर्मीले जादु चलाउन सकेन ।

    आर्मीलाई ३–१ गोलअन्तरले पराजित गर्दै संकटा सेमिफाइनल प्रवेश गरेको छ । खेलमा १५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । खेलको १४ औं मिनेटमा संकटाको निशान खड्काले दिनेश हेम्जनलाइ डिबक्स क्षेत्रमा लडाइदिएपछि आर्मीले पाएको पेनाल्टीलाइ सदुपयोग श्रेष्ठले गोल गरेका हुन् ।

    खेलको ३५ औं मिनेटमा संकटाका मेसुकेले गोल गर्दै खेललाई बराबरीमा पु¥याए । खेलको ७३ औं मिनेटमा संकटाका सुरज जिउ ठकुरीले गोल गर्दै संकटालाई अग्रता दिलाए । तेस्रो गोल स्टेफन बिनोङले ९४ औं मिनेटमा गर्दै संकटालाई दरिलो जित दिलाए ।

    आहारारा पोखरा गोल्डकपमा विभागीय टिम आर्मीले यसपालि १५ औं पटक सहभागिता जनाएको हो । बाइ पाएर सिँधै क्वाटरफाइनल प्रवेश गरेको आर्मीले सोमबार संकटा क्बलसँग प्रतिस्पर्धा ग¥यो । तर, संकटाले संकट निम्त्याउदा आर्मीको जादु चलेन । आहारारा गोल्डकपको उपाधि होडमा आर्मी अभागि ठहरिदैं बाहिरियो ।

    आहारारारा पोखरा गोल्डकपको २२ औं संस्करणसम्म पुग्दा संकटा र आर्मी दोस्रो पटक आमनेसामने भएका हुन् । यसअघि ०७६ को क्वाटरफाइनलमा दुवै टोली आमनेसामने भएका थिए । त्यतिबेला आर्मीले संकटामाथि ३–० को फराकिलो जित निकालेको थियो ।

    मंगलबार क्वाटरफाइनलको अन्तिम खेलमा आहाराराको ६ पटकको विजेता मनाङ मस्र्याङदीसँग भुटनिज युथ एससी अमेरिका भिड्नेछ । विजेता टिमले सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

    संकटा सेमिफाइन प्रवेश गरेसँगै ३ समुहले सेमिफाइनल यात्रा तय गरेका छन् । आइतबार मच्छिन्द्र क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । शनिबारको पहिलो क्वाटरफाइनल खेलमा साविकको विजेता सशस्त्र प्रहरी बल एपीएफले धरान फुटबल क्बललाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो ।

    पुस २३ गते गोल्डकपको फाइनल हुुनेछ । विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसपटक पुरस्कार राशिमा वृद्धि भएको हो ।

    विजेताले पाउने पुरस्कारमा २ लाख रुपैयाँ र उपविजेताले पाउनेमा १ लाख रुपैयाँ वृद्धि गरिएको छ । उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ ।