अपाङ्गता भएका १६ लाई ऑबुखैरेनीद्वारा अपाङ्गता परिचयपत्र वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    अपाङ्गता भएका १६ लाई ऑबुखैरेनीद्वारा अपाङ्गता परिचयपत्र वितरण

    खबरपुञ्ज संवाददाता

    १९ पुष २०७९, मंगलवार

    दमौली । ऑबुखैरेनी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । छ वटै वडाका अपाङ्गता भएका व्यक्तिहरुलाई गाउँपालिकाले मङ्गलबार परिचयपत्र वितरण गरेको हो ।

    १६ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको स्वास्थ्य शाखाका सहायक प्रमोद साहले जानकारी दिए । गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरिन् ।

    तीन जनालाई रातो, दश जनालाई निलो र तीन जनालाई पहिलो परिचयपत्र वितरण गरिएको छ ।

    कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, वडा नम्बर ३ का वडा अध्यक्ष दिनेश केसी, स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय, सूचना अधिकृत निरोज श्रेष्ठको उपस्थिति थियो ।