व्यासको घटनाले नगरवासीलाई लज्जित बनायो : राप्रपा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासको घटनाले नगरवासीलाई लज्जित बनायो : राप्रपा

    खबरपुञ्ज संवाददाता

    २४ पुष २०७९, आईतवार

    दमाैली । व्यास नगरपालिकामा कर्मचारी र प्रमुख प्रशासकीय अधिकृत भएको विवादले नगरवासीलाई लज्जित बनाएको राप्रपा नेपालले जनाएको छ । राप्रपा व्यास नगर समितिले आइतबार नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै यो घटनाले नगरवासीको शिर झुकाएको उल्लेख गरिएको छ ।

    नगर समितिका अध्यक्ष आइतबहादुर घलेद्वारा बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, “ कार्यालयभित्रको प्रशासकीय अधिकृत र अन्य कर्मचारीबीचको विवादित घटनाले हामी स्थानीय व्यास नगरवासीहरुलाई लज्जित बनाएको छ । साथै चिन्ताको विषय पनि बनेको छ ।”

    विज्ञप्तीमा प्रशासकीय कामकाजमा समेत समस्या आउन सक्ने कुरालाई मध्यनजर गर्दै सर्वपक्षीय सहमति तथा उपस्थितिमा यथाशीघ्र सत्य तथ्य छानबिन गरी समस्या समाधान गर्न माग गरिएको छ ।