पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं । सरकारले पुस २७ गते नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म दिनका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेको हो ।

    सत्ता गठबन्धनमा सहभागी राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई सर्तका रुपमा अघि सारेको थियो । एमाले पनि यसमा सकारात्मक रहेकाले यो निर्णय सहज भएको हो ।

    सरकारको न्यूनतम साझा कार्यक्रममै सो प्रस्ताव गरिएको थियो । सोमबारको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई एक महिनाभित्र कार्यान्वयनको कार्ययाेजनासहित लागू गर्ने निर्णयसमेत गरेको बताइएको छ ।