प्रधानसेनापतिबाट राष्ट्रनिर्माताको शालिक अनावरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानसेनापतिबाट राष्ट्रनिर्माताको शालिक अनावरण

    खबरपुञ्ज संवाददाता

    २५ पुष २०७९, मंगलवार

    काठमाडौ । नेपाली सेनाले ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ को अवसरमा नारायणहिटीस्थित उपत्यका पृतना हेडक्वार्टरको हाताभित्र राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको पूर्णकदको सालिक निर्माण गरेको छ ।

    राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नवनिर्मित पूर्णकदको उक्त शालिकको विशेष समारोहका बीच प्रधानसेनापति प्रभुराम शर्माले अनावरण गरे । अनावरण समारोहमा नेपाली सेनाका बलाध्यक्ष रथी सीताराम खड्का, रथीवृन्द, अधिकृतलगायत सकल दर्जाहरूको उपस्थिति रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।