माघ ९ सम्म काठमाडौं नछाड्न कांग्रेस सांसदहरूलाई ह्विप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    माघ ९ सम्म काठमाडौं नछाड्न कांग्रेस सांसदहरूलाई ह्विप

    खबरपुञ्ज संवाददाता

    २६ पुष २०७९, बुधबार

    काठमाडौ । नेपाली कांग्रेसले आगामी माघ ९ गतेसम्म प्रतिनिधिसभा सदस्यहरूलाई काठमाडौं नछाड्न ह्विप लगाएको छ। बदलिँदो राजनीतिक परिस्थितिका कारण सांसदहरूसँग जुनसुकै बेलामा पनि छलफल गर्नपर्ने भएकाले बिना जानकारी काठमाडौं नछाड्न कांग्रेसले सांसदहरूलाई ह्विप लगाएको हो। 

    बदलिँदो राजनीतिक परिस्थिती, सरकारले संसदमा लिएके विश्वाशको मत, सभामुख–उपसभामुखको निर्वाचन लगायत कारण सांसदहरूलाई काठमाडौं नछाड्न ह्विप लगाइएको प्रतिनिधिसभा सदस्य तथा कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले जानकारी दिए। 

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार (२६ पुस) मा संघीय संसदको प्रतिनिधिसभाबाट असाधारण विश्वासको मत पाएका छन्। प्रतिपक्षमा बस्नेगरी कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिएको छ। 

    प्रचण्डलाई विश्वासको मत दिनेबारे कांग्रेसमा दुई धार देखिएको थियो। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५ जना सांसदहरुले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनेबारे असहमति दर्ज गरेका थिए।