महोत्सवमा अस्मिता र राजनसँग झुमे दर्शक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महोत्सवमा अस्मिता र राजनसँग झुमे दर्शक

    खबरपुञ्ज संवाददाता

    २७ पुष २०७९, बुधबार

    दमाैली । तनहुँको दमौलीमा पौष २२ शुक्रबारदेखि सुरु भएको पाँचौ आदिवासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवको छैठौ दिन महोत्सवमा दर्शक खचाखच भरिएका थिए । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा सुरु भएको महोत्सवको छैठौ दिन चर्चित गायिका अस्मिता डल्लाकोटी र गायक राजन कार्की संगै सुमन परियार संग दर्शक झुमेका थिए ।

    महोत्सवको सातौ दिन बिहिबार गायक नवीन पौडेल, लक्ष्मी नेपाली , शंकर पन्त लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरू प्रतुति रहने महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए ।

    No description available.

    ‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने मूल नाराका साथ आयोजित महोत्सवको छैठौ दिन १२ हजार दर्शकले महोत्सव अवलोकन र ७ लाखको कारोबार भएको प्रवक्ता मगरले जानकारी दिए । त्यस्तै महोत्सवको छैठौ दिनसम्म कुल ६७ हजार दर्शकले महोत्सव अवलोकन र ५२ लाखको कारोबार भएको प्रवक्ता मगरले बताए ।

    No description available.

    यस्तै महोत्सवमा बिहिबार र शुक्रबार अन्तर विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ । जसका लागी २० वटा समुह दर्ता भएका छन् ।

    गत शुक्रबारदेखि व्यास-३ दमौली स्थित विपी वनवाटिकाको खेल मैदानमा सुरु भएको महोत्सव आगामी माघ ३ गतेसम्म संचालन हुनेछ । महोत्सवमा २ सय ३० वटा स्टल निर्माण गरिएको छ । महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गर्नुका साथै रु. एक करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको अध्यक्ष सुजित हिराचनले बताए । महोत्सवले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष हिराचन बताउछन ।

    महोत्सवमा दर्शकलाई मनोरञ्जन दिनको लागि राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु ल्याइएको महोत्सवकी निर्देशक बसुन्धरा घर्तीले बताइन् ।

    त्यसैगरी महोत्सवको कृषि प्रदर्शनीमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । स्टलमा घरेलु तथा हस्तकला, होटेल तथा रेस्टुरेन्ट, डेरी, आइटि इलेक्टिकल्स, बैक तथा वित्तिय संस्था, आइसक्रीम स्टल, अटोमोवाइन्स, स्थानीय उत्पादन प्रदर्शन तथा विक्रि स्थल लगायतका स्टलहरु रहेको घर्तीले बताइन ।

    ‘महोत्सवमा जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने सुरक्षाको बिसयमा समन्वय भैसकेको आयोजकले जनाएको छ । विद्यार्थीका लागि रु.५० र अन्यका लागि रु.७० टिकट शुल्क रहेको छ । महोत्सवले स्थानीय भाषा,धर्म, कला र संस्कृतिको प्रर्वद्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ ।

    महोत्सवमा शैक्षिक प्रदर्शनी, विज्ञान प्रदर्शनी, बाल मेला राखिएको छ । त्यस्तै मादी र सेतीमा जलविहार, आदिवासी जनजातीहरुको जन्मदेखि मृत्युसम्मको संस्कारको प्रर्दशनी, जीवनशैली प्रस्तुती, घर नमूना निर्माण, सांस्कृतिक कार्यक्रम, विद्यालय स्तरीय प्रतिभा प्रस्फुटन लगायतका आकर्षण रहेका छन् ।